तुलसीपुर

८.२.४ उप–महानगरपालिका भित्र रहेका टोल विकास संस्था सम्बन्धी विवरण

साविकका स्थानीय निकायहरूमा जननिर्वाचित जनप्रतिनिधि नहुँदा स्थानीय निकायहरूलाई गतिशील बनाउन र राज्यका गतिविधिहरू जनताको घरदैलोसम्म पुगाउन विभिन्न सचेतना केन्द्र र नागरिक केन्द्रहरू रहेका भए तापनि हाल त्यस प्रकारका संरचनाहरू नरहेको अवस्था छ । हाल उप–महानगरपालिकाको सक्रियतामा सबै वडाका सबै टोलहरूलाई समेटी टोल विकास संस्थाहरू दर्ता भइर् संचालनमा रहेका छन् । टोल विकास संस्थाको विवरण अनुसूची २ मा समावेश गरिएको छ ।