तुलसीपुर

४.६.८ संकलन केन्द्र तथा चिस्यान केन्द्र

ठुलोस्तरको कृषि उत्पादन तथा संकलन केन्द्रको व्यवस्था नभएको ग्रामिण परिवेशमा सानो परिमाणमा उत्पादन हुने उपजहरूलाई विभिन्न पायक पर्ने स्थानहरूमा संकलन केन्द्रको रुपमा विकास गर्दा बजारीकरण गर्न सहयोग पुग्दछ । यसरी विभिन्न स्थानमा संकलन केन्द्रको विकास गर्दा व्यापारीहरूलाई निश्चित स्थानबाट निश्चित परिमाणमा उपजहरूमा खरिद गर्न सहयोग पुग्ने हुँदा यसले बजार प्रणालीको विकास गर्न सहयोग पुग्दछ । कृषि उत्पादन वृद्धि गर्नु जति जरुरी छ त्यति नै उत्पादित सामाग्रीहरूको सूरक्षित भण्डारण गर्नु जरुरी हुन्छ । उचित ढङ्गले भण्डारण गर्दा कृषि उपजमा रहेको पोषक तत्वलाई कायम राख्न समेत मद्दत पुग्दछ । भण्डारण वैज्ञानिक नहुँदा एकातर्फ उत्पादित उपजको गुणस्तर कमजोर हुने र नष्ट समेत हुन जान्छ । तसर्थ कृषि उपजलाई वैज्ञानिक तवरले भण्डारण गरी बेमौसममा समेत बजारमा उपलब्धता भए बजार मूल्य सन्तुलनमा राख्न सहयोग पुग्दछ । यसका लागि आवश्यकताका आधारमा विभिन्न स्थानमा चिस्यान केन्द्र, भण्डारण केन्द्र र डेरीहरू स्थापना गर्नु आवश्यक छ । हाल यस उप–महानगरपालिकामा व्यापारीहरूले निजी रूपमा सामान्य तथा परम्परागत भण्डारणको व्यवस्था गरी खाद्यान्न व्यापार गर्ने गरेका छन् । तुलसीपुर उप–महानगरपालिकाको सहयोगमा संचालित कृषि उपज संकलन, िबक्री तथा चिस्यान केन्द्र निम्नानुसार रहेका छन् ।

तालिका नं. ५७ – संकलन, िबक्री तथा चिस्यान केन्द्र सम्बन्धी विवरण

सि.नं.संस्थाको नामवडा नं.सम्पर्क व्यक्तिसर्म्पक नम्बर
१.साना किसान कृषि सहकारी संस्था लि. द्धारा सञ्चालित कोल्डस्टोर११९८४७८८५५७२
२.तुलसीपुर तरकारी तथा फलफुल कृषि उपज संकलन तथा िबक्री केन्द्रमाधव घिमिरे९८६६९४१९२३
स्रोतः नगर कार्यपालिकाको कार्यालय