१.५ वस्तुस्थिति विवरणको सीमा
राष्ट्रिय योजना आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्धारण गरे बमोजिम उप–महानगरपालिका पार्श्वचित्र तयार गर्दा प्रयोग गरिएका तथ्याङ्कहरूको स्रोत र आधार वर्ष खुलाइएको छ । उप–महानगरपालिकाका विषयगत शाखा, सरकारी तथा गैरसरकारी कार्यालय, अन्य संघसंस्थाले उपलब्ध गराएका तथ्याङ्क, विभिन्न मन्त्रालय, विभागहरू आदि स्रोतहरूबाट उपलब्ध तथ्याङ्कको आधारमा यो वस्तुगत विवरण तयार गरिएको छ । पार्श्वचित्रको अवधारणा अनुसार यसले तुलसीपुर उप–महानगरपालिकाको सम्पूर्ण पक्षको यथार्थ जानकारी सरल एवं स्पष्ट रुपमा दिन्छ । अध्ययनलाई यथासक्य वस्तुगत बनाउने प्रयास गरिएको छ । तैपनि स्रोत, साधन तथा सूचना व्यवस्थापन सिमितताका कारण अपेक्षित सम्पूर्ण सूचनाहरू प्राप्त हुन सकेका छैनन् । तथापी, अध्ययनमा निर्धारित उद्देश्यका आधारमा आवश्यकता अनुसारका तथ्याङ्क भने समावेश गरिएको छ ।