४.५.५ बैङ्क तथा वित्तीय संस्था सम्बन्धी विवरण
आधुनिक अर्थव्यवस्थामा आर्थिक कारोबार बैङ्कबाट हुँदा त्यो व्यवस्थित र सहज हुन जान्छ । बैङ्किङ प्रणालीहरूमा व्यापक विकास भइरहँदा उनीहरूले प्रदान गर्ने सेवाहरू समेत विस्तार हुँदै गइरहेका छन् । हाल विभिन्न बैङ्कहरूले ए.टी.एम.सेवा, भिसा कार्ड सेवा महशुल भुक्तानी सेवा लगायत बीमाहरूको समेत व्यवस्था गरेका छन् । यसर्थ आधुनिक आर्थिक प्रणालीमा ग्रामिण जनताहरूको समेत बैङ्किङ सेवामा पहुँच प्रुयाउन अपरिहार्य जस्तै भइसकेको छ । यस उप–महानरपालिकामा २२ वटा क वर्गका र ८ वटा ख वर्गका गरी ३० वटा बैङ्क तथा वित्तीय संस्थाहरु मार्फत बैङ्किङ कारोबार हुने गरेको छ भने यहाँ १६१ वटा सहकारी संस्थाहरु सकृय रुपमा सञ्चालनमा रहेका छन् । यसका अलवा विभिन्न बचत समूहहरु मार्फत पनि आर्थिक कारोबार हुने गरेको छ ।