तुलसीपुर

४.१.६ सुकुम्बासी सम्बन्धी विवरण

नेपालमा परिवारको जमिन माथिको स्वामित्वको विषयलाई आर्थिक हैसियतसँग गाँसेर हेरिन्छ । नेपालको अर्थतन्त्र कृषिमा आधारित हुँदा जमिन माथिको स्वामित्वलाई आर्थिक हैसियतसँग गाँसेर हेर्नु स्वभाविक भए तापनि पछिल्लो समय वैदेशिक रोजगार लगायत अन्य सेवा क्षेत्रमा मानिसहरूको पहुँच वृद्धि हुँदा गैह्र कृषि क्षेत्रबाट आफ्नो आर्थिक हैसियत निर्माण गर्ने परिपाटी सुरु भएको पाइर्न्छ । अर्कोतर्फ जमिन माथिको स्वामित्वलाई आफ्नो थातथलो वा आवास स्थलको रुपमा समेत हेरिन्छ । यसर्थ हरेक नागरिकको जमिन माथिको स्वामित्वलाई सदियौं देखि एक प्रमुख आर्थिक सामाजिक तथा राजनैतिक मुद्दाको रूपमा हेरिँदै आएको छ । त्यस्तै नेपालमा जमिनको वितरण अवैज्ञानिक रहेको छ ।