तुलसीपुर

५.३.४ फोहोर व्यवस्थापन सम्बन्धी घरपरिवारको विवरण

फोहोर व्यवस्थापनको सोपान (waste hierarchy) — ३R: आधुनिक फोहोर–व्यवस्थापन “फाल्ने” होइन, सोपानमा आधारित हुन्छ — पहिलो प्राथमिकता घटाउने (Reduce), त्यसपछि पुनः प्रयोग (Reuse), पुनः–चक्रण (Recycle), अनि कुहिने फोहोरको कम्पोस्ट मल, र अन्तिम विकल्प मात्र ल्याण्डफिल । यसको आधारशिला स्रोतमै छुट्याउने (source segregation — कुहिने/नकुहिने अलग गर्ने) हो । कुहिने फोहोर (खाद्य–रहित) नगरको कुल फोहोरको आधाभन्दा बढी हुने भएकाले त्यसैबाट प्राङ्गारिक मल बनाउँदा ल्याण्डफिलको भार ठूलो मात्रामा घट्छ र कृषिलाई जैविक मल समेत मिल्छ — यो “वृत्ताकार अर्थतन्त्र” (circular economy) को नमुना हो ।

विशेष गरी शहरी क्षेत्र र बजार केन्द्रहरूमा जनघनत्व बढी हुने भएका कारण मानव उत्सिर्जित तथा उद्योगधन्दा र कलकारखानाबाट निस्कने फोहोरले बस्तीको सौन्दर्यलाई विरुप पार्नुको साथै सार्वजनिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ । यस्तो अवस्थामा सरकार तथा समुदाय दुवैको तर्फबाट फोहोर व्यवस्थापन प्रणालीलाई दीर्घकालीन रुपमा सम्बोधन गर्नुपर्दछ । फोहोरले स्वास्थ्य र सौन्दर्य दुवैलाई हानी गर्दछ भन्ने कुरा हृदयंगम गर्दै फोहोरको समुचित व्यवस्थापन गर्नु आवश्यक छ । कतिपय कुहिने प्रकृतिको फोहोरबाट प्राङ्गारिक मल पनि बनाउन सकिन्छ । उप–महानगरपालिकाले योजना बद्ध रुपमा फोहोरमैला व्यवस्थापनको कार्यथालनी नगरेता पनि स्थानीयहरुले कुहिने र नकुहिने फोहोरको परम्परागत ढंगले व्यवस्थापन गर्दै आइरहेका छन् ।

फोहोर व्यवस्थापनमा देखिएका समस्याहरू

हाल यस उप–महानगरपालिकामा देखिएका समस्याहरू देहाय बमोजिम रहेको छ :

  • फोहोर व्यवस्थापनका नाममा फोहोरहरू खोला–खोल्साका होचा भागमा अनियन्त्रित तरिकाले फाल्ने प्रवृित्त यत्रतत्र देखिन्छ । यसरी फालिएको फोहोर वर्षातका समयमा पानीले बगाएर खोला खोल्सा तथा नदीका तल्लो भाग सम्म प्रुयाएर प्रदुषणलाई िवस्तारित गर्दछ ।
  • जमिनका होचा भाग पानीका स्रोत पनि हुने भएका र तिनै पानी सतहमा देखिने एवं जमिनको भित्र पानी छिरेर जाने हुँदा होचा भागमा फालिएको फोहोरले सतहको पानी तथा जमिन भित्रको पानी समेतलाई प्रदुषित गर्दछ ।

फोहोरमैला व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराहरू

  • भान्छा कोठाबाट निस्केको फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याउने ।
  • कुहिनेलाई मलमा प्रयोग गर्न तालिम तथा हरेक घरधनीलाई उत्प्रेरित गर्ने कार्यक्रम उप–महानगरपालिकाले गर्ने ।
  • नकुहिने फोहोरलाई पुनः विभिन्न तहमा छुट्याउने जस्तै काठ, प्लाष्टिक, धातु, सीसा । यी फोहोरलाई आवश्यकतानुसार पहिचान गरिसकेपछि पुनः प्रयोगमा आउनेलाई सम्बन्धित सेवा व्यवस्थापन तर्फ जोड दिने । यस उप–महानगरपालिका क्षेत्रका खुला स्थान जहाँ पानीको स्रोत छैन त्यहाँ वैज्ञानिक तवरबाट छनौट गर्न व्यवस्था गर्ने ।