१.२ उद्देश्य
- पार्श्वचित्र निर्माणको प्रमुख उद्देश्य भनेकै उप–महानगरपालिकाको समग्र वस्तुगत अवस्थाको जानकारीहरूलाई सुव्यवस्थित ढङ्गले अभिलेखीकरण गर्ने र ती तथ्याङ्क वा सूचनाहरूलाई अद्यावधिक गर्दै आवश्यक पर्दा सरोकारवालाहरूलाई सूचना उपलब्ध गराउनु हो । पार्श्वचित्रका अन्य विशिष्ट उद्देश्यहरू निम्नानुसार रहेका छन् :–
- क) उप–महानगरपालिकाको समग्र भौतिक पूर्वाधार, आर्थिक पक्ष, सामाजिक पक्ष, प्राकृतिक सम्पदा तथा विपद् व्यवस्थापन सम्बद्ध पक्षहरूको सूचना तथा तथ्याङ्कको अभिलेख तयार पार्ने ।
- ख) सेवा प्रवाह तथा संस्थागत संयन्त्रहरूका बारेमा सूचना तथा तथ्याङ्कहरूको अभिलेख तयार गर्ने ।
- ग) सबल पक्षहरू, दुबर्ल पक्षहरू, अवसरहरू, चुनौतीहरू तथा सम्भावनाहरूको विश्लेषण गर्ने ।
- घ) विभिन्न विषयगत आधार नक्शा तयार गर्ने ।
- ङ) समग्र जनसांख्यिक, आर्थिक, सामाजिक, भौतिक, प्राकृतिक, ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथ्याङ्कहरूको व्याख्या र विश्लेषण गर्ने ।
- च) प्राप्त सूचनाहरूको वर्गीकरण गरी सुव्यवस्थित र सरल ढंगले सर्वसाधारणले बुझ्न सक्ने गरी विभिन्न खण्डमा विभाजन गरी प्रस्तुत गर्ने ।
- छ) माथि उल्लेखित सम्पूर्ण विषयसँग सम्बन्धित एकमुष्ठ तथ्याङ्कीय आधार तयार पार्ने ।