तुलसीपुर

४.५.१ औद्योगिक विकास (लघु, घरेलु, साना, मझौला, ठूला उद्योग, सरकारी, पब्लिक, निजी र सहकारी)

६२२५
व्यवसायको समूह
नक्शा उप–महानगरपालिकाको पर्यटकीय क्षेत्र नक्शा

कृषिको विकास पश्चात् कुनै पनि देशको आर्थिक क्रान्तिका लागि आवश्यक क्षेत्र भनेको उद्योग नै हो । औद्योगिक विकासका लागि राणाशासन कालदेखि नै विभिन्न प्रयासहरू हुँदै आए तापनि औद्योगिक क्रान्ति नै हुने प्रकारका ठुला स्तरका उद्योगहरू नेपालमा खुल्न सकेका छैनन् । भएका उद्योगहरू समेत रुग्ण हुँदै बन्द हुनु दुर्भाग्यपूर्ण अवस्था हो । कृषिको विकास सँगसँगै कृषि र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरूको स्थापना गरी नेपालका उत्पादनहरूको उपभोग विश्व बजारमा प्रुयाउन सकेमात्र नेपाल अतिकम विकसित राष्ट्रबाट माथि उठ्ने आधार तयार हुन्छ । उद्योगलाई प्रर्वद्धन गर्न स्थानीय श्रोतमा आधारित साना तथा मझौला उद्योगहरूलाई उत्तिकै प्राथमिकता र प्रोत्साहन गर्न जरुरी हुन्छ ।

औद्योगिक विकासका लागि राणाशासन कालदेखि नै विभिन्न प्रयासहरू हुँदै आएतापनि औद्योगिक क्रान्ति नै हुने प्रकारका ठुला स्तरका उद्योगहरू नेपालमा खुल्न सकेका छैनन् । भएका उद्योगहरू समेत रुग्ण हुँदै बन्द हुनु दुर्भाग्यपूर्ण अवस्था हो । कृषिको विकास सँगसँगै कृषि र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरूको स्थापना गरी नेपालका उत्पादनहरूको उपभोग विश्व बजारमा प्रुयाउन सकेमात्र नेपाल अतिकम विकसित राष्ट्रबाट माथि उठ्ने आधार तयार हुन्छ । उद्योगलाई प्रवर्द्धन गर्न स्थानीय श्रोतमा आधारित साना तथा मझौला उद्योगहरूलाई उत्तिकै प्राथमिकता र प्रोत्साहन गर्न जरुरी हुन्छ ।

साना उद्योग, कृषिमा आधारित सबै प्रकारका उद्योगहरू, घरेलु उद्योग, मझौला उद्योग, ठूला उद्योग, सेवामूलक उद्योग, सरकारी उद्योग, समुदायमा आधारित उद्योग, संकलन तथा प्रशोधन सम्बन्धी उद्योग उप–महानगरपालिकामा ठुला उद्योगहरू सञ्चालनमा आउन नसके पनि उप–महानगरपालिकाको महाभारत लेकको फेदमा रहेका स–साना पहाडको भित्रि तहमा कोइला/चुनढुंगा खानी रहेको अनुमान छ भने कतिपय स्थानमा उत्खन्न गरेको देखिन्छ यस्ता सम्भावना क्षेत्रहरुलाई प्राथमिकता र प्रोत्साहन गर्न जरुरी हुन्छ जसले उप–महानगरपालिकाको आर्थिक विकासमा टेवा प्रुयाउँछ ।