८.२.१ उपलब्ध सेवा सुविधाको प्रकार
- अपाङ्ग परिचय पत्र वितरण तथा अद्यावधिक,
- निःशुल्क उपचार सिफारिस,
- कृषि समूह दर्ता, नवीकरण तथा खारेजी,
- कृषि यन्त्र, औषधी तथा पशु औषधि उपचार र उपकरण वितरण,
- बाली तथा पशुपंक्षी बीमा,
- प्राइवेट फर्म दर्ता, नवीकरण तथा खारेजी,
- व्यवसाय दर्ता, नवीकरण तथा खारेजी,
- सहकारी दर्ता तथा खारेजी,
- संघ संस्था दर्ता तथा खारेजी,
- रोजगार परामर्श,
- व्यक्तिगत घटना दतार्,
- सामाजिक सुरक्षा भत्ताको नयाँ लाभग्राही दर्ता तथा नवीकरण,
- घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र वितरण तथा नवीकरण,
- घर निर्माण अनुमति,
- घर नक्शा पास तथा अभिलेखीकरण,
- विवाद निरोपण तथा मेलमिलाप,
- छात्रवृत्ती सिफारिस,
- विद्यालय सञ्चालन तथा कक्ष थप अनुमति,
- तालिमहरू सञ्चालन,
- उप–महानगरपालिका र वडा कार्यालयहरूबाट विभिन्न सिफारिस र प्रमाणितका कार्यहरू आदि ।