तुलसीपुर

३.२ जनसंख्या विवरणको अवस्था

१,७९,७५५
वि.सं. २०७८

कुनै पनि स्थानको जनसंख्या, विकासको साधन र साध्य दुवैको रुपमा रहेको हुन्छ । विकासका लागि आवश्यक अन्य आर्थिक, भौतिक साधनहरूको परिचालन मानव श्रोतबाट नै हुने भएकाले विकास योजना तर्जुमा गर्दा यसको बनावटको विविध पक्षहरूको अध्ययन र विश्लेषण हुनु आवश्यक हुन्छ । नेपालमा जनसंख्याको विविध पक्षको तथ्याङ्क प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाकाे साथै उप–महानगरपालिकास्तरमा घरधुरी सर्वेक्षण मार्फत् समेत प्राप्त हुने गरेको छ । यहाँ राष्ट्रिय जनगणना, २०७८ बाट प्राप्त तथ्याङ्कका आधारमा जनसंख्याका विविध पक्षहरूको विश्लेषण गरिएको छ ।

तालिका नं. ६ – जनसंख्याको विवरण

विवरणवि.सं. २०७८
जम्मा जनसंख्या१,७९,७५५
जम्मा पुरुष८४,७६४
जम्मा महिला९४,९९१
लैङ्गिक दर (प्रति १०० महिलामा पुरुषको संख्या)८९.२३
कुल परिवार४६,०१८
औषत परिवार आकार३.९
जनघनत्व (प्रतिवर्ग कि.मि.)४६७.३२
जनसंख्या वृद्धिदर (प्रतिशत)२.७०
साक्षरता दर (५ वर्ष र सो भन्दा बढी उमेर समूह)८३.१
स्रोतः राष्ट्रिय जनगणना, २०७८

लैङ्गिक संरचना

१,७९,७५५
जम्मा जनसंख्या
पुरूष ४७.२%
महिला ५२.८%

जनसंख्याका मुख्य सूचकहरू

८९.२३
लैङ्गिक दर
प्रति १०० महिलामा पुरुष
४६,०१८
कुल परिवार
घरपरिवार
३.९
औषत परिवार आकार
जना प्रति परिवार
४६७.३२
जनघनत्व
प्रति वर्ग कि.मि.
२.७०%
जनसंख्या वृद्धिदर
वार्षिक
८३.१%
साक्षरता दर
५ वर्ष र माथि

माथिको तालिकामा तुलसीपुर उप–महानगरपालिकाको जनसंख्याको विवरण प्रस्तुत गरिएको छ । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्क अनुसार उप–महानगरपालिकाको जम्मा जनसंख्या १,७९,७५५ रहेको छ जस मध्ये पुरुष ४७.१६ प्रतिशत (८४,७६४ जना) र महिला ५२.८४ प्रतिशत (९४,९९१ जना) रहेका छन् । सोही अनुसार लैङ्गिक अनुपात (sex ratio) अर्थात प्रति १०० महिलामा पुरुषको संख्या ८९.२३ रहेको छ । जनघनत्व (प्रति वर्ग किलोमिटरमा रहेको जनसंख्या) ४६७.३२ जना प्रति वर्ग किलोमिटर रहेको छ । यस उप–महानगरपालिकाको कुल जनसंख्या मध्ये ३,२१२ जना अर्थात १.७९ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् । कुल ४६,०१८ घरपरिवार रहेको यस उप–महानगरपालिकामा प्रति परिवार औषत ३.९ जना सदस्य रहेको देखिन्छ ।