६.४.१ विपद् प्रकोपबाट भएको मानवीय र भौतिक क्षतिको विवरण
उप–महानगरपालिकाका नदी तथा खोला किनारका भागहरू भू–क्षयको दृष्टिकोणले संवेदनशील क्षेत्रमा पर्दछ । प्राकृतिक वातावरणमा असर पर्ने मानवीय गतिविधिका कारणबाट उप–महानगरपालिका क्षेत्रमा अनियन्त्रित डढेलो, चरीचरन गर्ने प्रवृत्ति एवं खोलाबाट अव्यवस्थित ढंगले ढुंगा तथा बालुवाहरू झिक्नाले प्राकृतिक सन्तुलन बिग्रन गई बस्ती एवं खेतीतर्फ अनियन्त्रित बाढीको प्रकोप केन्द्रीत भएको छ । खोलाको क्षमता भन्दा बढी मात्रामा नदीजन्य वस्तु निकासी भएकाले खोलाको सतह गहिरिदै जाँदा आसपासका क्षेत्रहरूमा कटान तथा भू–क्षयको सम्भावना बढ्दो देखिन्छ मूलतः उप–महानगरपालिकाका खोलाहरूको वरिपरि नै केन्द्रीत भएर रहेको मानव बस्तीको मानवीय गतिविधिले भूकम्पीय प्रकोपका कारण समेत यो संवेदनशिल क्षेत्रमा भू–क्षयको दृष्टिकोणले प्रतिकूल प्रभाव पारेको छ । यस क्रमलाई रोक्नका लागि तटबन्धको व्यवस्था र ढल निकासको व्यवस्था मिलाउनुपर्ने देखिन्छ । त्यस्तै, मानव र वन्यजन्तु बिचको द्वन्द्वले विभिन्न किसिमका मानविय घटनाहरु घट्ने गरेका छन् । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अल्पकालीन उपायको रुपमा स्पष्ट एवं तटबन्ध निर्माण गर्ने मध्यकालीन उपायको रुपमा प्रभावित क्षेत्रको वरिपरि बृक्षारोपण गर्ने र दीर्घकालीन उपायको रुपमा सम्पूर्ण खोला प्रभावित क्षेत्रलाई संरक्षण गर्ने, मानव र वन्यजन्तु बिचको द्वन्द्वलाई न्यूनीकरण गर्नेतर्फ काम अगाडि बढाउनुपर्ने देखिन्छ । उल्लेखित क्षेत्रलाई मानवीय गतिविधिबाट अप्रभावित पार्ने र सघन जलाधार क्षेत्र संरक्षण कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिएको छ ।
यस उप–महानगरपालिकामा वर्षातकाे समयमा बाढी पहिरोले मानवीय तथा भौतिक क्षति गर्ने गर्दछ । जसबाट वर्षेनी धेरै घरधुरीको भौतिक क्षति हुने गर्दछ । जग्गा जमिन कटान, माछापोखरीमा क्षति, पशुपंक्षीमा क्षति, घरहरू आदिमा क्षति आदि समस्या हुने गर्दछ । यस उप–महानगरपालिकामा आ.व. ०८१/८२ मा प्राकृतिक प्रकोप, क्षति र राहतको विवरण तलको तालिकामा समावेश गरिएको छ ।
तालिका नं. १०४ – उप–महानगरपालिकामा प्राकृृतिक प्रकोप र क्षतिको विवरण
| क्र.सं. | प्रकोप | क्षतिको विवरण | संख्या | राहत रकम |
|---|---|---|---|---|
| १. | वर्षा | घरगोठ | १०५ | १,२३८,०००.० |
| माछा/पोखरी | ३ | ४५,०००.० | ||
| अन्नबाली | १६ | ८६,०००.० | ||
| २. | हावाहुरी | घरगोठ | १५ | १५३,०००.० |
| ३. | चट्याङ | घरगोठ | १ | ४०,०००.० |
| ४. | आगलागी | घरगोठ/पराल | २० | २३६,०००.० |
| ५. | पशुचौपाय | १ | ८,०००.० | |
| ६. | विपन्न | |||
| ७. | मानवीय क्षति | ३ | १५०,०००.० | |
| ८. | जस्तापाता सहयोग | १२ | ३००,०००.० | |
| जम्मा | १७६ | २,२५,६००० | ||