तुलसीपुर

४.१.४ औद्योगिक कच्चा पदार्थ उत्पादनको अवस्था

स्थानीय श्रोतमा आधारित कच्चा पदार्थको प्रचुरताका हिसाबले नेपाल सम्पन्न रहेतापनि यसको दिगो सदुपयोगमा भने निकै पछाडि परेको यथाथर् हामी सामु छ । हामी कहाँ उपलब्ध श्रोतहरूमा काठ, जडिबुटी, फलफूल, खाद्यान्न, तरकारी आदि पर्दछन् । यस प्रकारका कच्चा पदार्थहरूको व्यवसायिक उत्पादन र दिगो सदुपयोग गर्दा उप–महानगरपालिकाको अर्थतन्त्रमा प्रत्यक्ष सकारात्मक योगदान पुग्दछ । साथै व्यवसायिक पशुपालनबाट पनि प्रशस्त लाभ उठाउन सकिन्छ । उप–महानगरपालिकामा वन क्षेत्र प्रशस्तै भएकाले जडिबुटी प्रशोधन तथा वन पैदावरमा आधारित उद्योगहरु सञ्चालन गर्न सकिन्छ ।