तुलसीपुर

७.४.२ उप–महानगरपालिका अन्तर्गतका सरकारी भवन सम्बन्धी विवरण

स्थानीय तहले पालिका कार्यालय भवन, वडा कार्यालय भवनहरू तथा अत्यावश्यक अन्य सरकारी भवनहरू आफ्नै जग्गामा अथवा नेपाल सरकारबाट प्राप्त जग्गामा निर्माण गरी कार्यसम्पादनलाई चुस्तदुरुस्त र प्रभावकारी बनाई जनतालाई सरकारको उपस्थितिको आभास दिलाउनु आवश्यक हुन्छ । यस्ता प्रकारका स्थायी संरचनाहरूको निर्माण भएपछि संघीयताले संस्थागत रूप धारण गर्दै जान्छ ।

संघीय शासन प्रणाली अन्तर्गत निर्माण भएका स्थानीय तहमा आवश्यक भौतिक संरचनाहरू निर्माण गरी स्थानीय सरकारको कार्यक्रमहरू सञ्चालन हुनुपर्ने मान्यता अनुरुप गाउँपालिका/नगरपालिकाको आफ्नै सामुदायिक भवन तथा सभाहल हुनु आवश्यक छ । हाल उप–महानगरपालिका भित्र रहेका सामुदायिक भवनहरु तथा सभाहल सम्बन्धी विवरण तालिकामा प्रस्तुत गरिएको छ ।

६०
वटा
सामुदायिक भवन/सभाहल
१५/१९
उपस्थिति भएका वडा
वडा ६ (७)
सर्वाधिक वडा

सामुदायिक भवन — स्थानीय लोकतन्त्रको भौतिक आधार: सामुदायिक भवन र सभाहल केवल ढुङ्गा–इँटाका संरचना होइनन् — यी सामाजिक पुँजी का भौतिक केन्द्र हुन्, जहाँ टोल–विकास समिति, सहकारी, ज्येष्ठ नागरिक र समुदाय भेला भएर सामूहिक निर्णय गर्छन्, तालिम–कार्यक्रम चलाउँछन् र संकटमा आश्रय लिन्छन् । ६० यस्ता भवनको उपस्थितिले नगरको बलियो नागरिक–पूर्वाधार देखाउँछ — टोल विकास समिति भवन (विशेष गरी वडा ६), सामुदायिक वन भवन, ज्येष्ठ नागरिक भवन र उल्लेखनीय रूपमा थारू सांस्कृतिक भवन (आदिवासी पहिचानको केन्द्र) समेटिएका छन् ।

वडागत सामुदायिक भवन वितरण

६० भवन · १५ वडामा

वडा 1
वडा 2
वडा 3
वडा 4
वडा 5
वडा 6
वडा 7
वडा 8
वडा 9
वडा 10
वडा 11
वडा 12
वडा 13
वडा 14
वडा 15
वडा 16
वडा 17
वडा 18
वडा 19

विश्लेषण: भवनहरू केही वडामा (वडा ६, १४, १६ मा बाक्लो — टोल–विकास समिति र सामुदायिक संस्थाको सक्रियता झल्काउँदै) केन्द्रित छन् भने केही वडामा पातलो । यो वितरणले सामुदायिक संगठनको असमान घनत्व देखाउँछ; कम भवन भएका वडामा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गरी सबै वडामा समान नागरिक–स्थल सुनिश्चित गर्नुपर्छ । भवनलाई विपद् आश्रयस्थल, तालिम–केन्द्र र सार्वजनिक सेवा–विन्दुका रूपमा बहुउपयोग गर्न सकिन्छ ।

तालिका नं. ११५ – उप–महानगरपालिकामा रहेका सामुदायिक भवनहरु तथा सभाहलको विवरण

क्र.सं.सरकारी तथा सामुदायिक भवनको नामठेगाना
१.योगा भवनतुलसीपुर १, कुमालगाउँ
२.ज्येष्ठ नागरिक भवनतुलसीपुर १, रामनगर
३.पवननगर स्वास्थ्य चौकीतुलसीपुर १, पवननगर
४.सामुदायिक स्वास्थ्य इकाईतुलसीपुर १, ठाटीगाउँ
५।सम्झना सभाहलतुलसीपुर ३, डाँडाखुटी
६।टाइगर युवा क्लवको भवनतुलसीपुर ३, दमारगाउँ
७।ठुलाचौर सामुदायिक वनको भवनतुलसीपुर ४
८.विरेन्द्र सामुदायिक वनको भवनतुलसीपुर ४
९.लामिदमार सामुदायिक वनको भवनतुलसीपुर ४
१०.गादिवरा सामुदायिक वनको भवनतुलसीपुर ४
११.प्रतिभा टोल विकास सामुदायिक भवनतुलसीपुर, ५ प्रतिभा टोल
१२.प्रगतिशील टोल विकास सामुदायिक भवनप्रगतिशील टोल
१३.राजापुर टोल विकास समिती भवनतुलसीपुर, ६ राजापुर
१४.सरस्वती टोल विकास समिती भवनतुलसीपुर, ६ सरस्वतीटोल
१५.एकता टोल विकास समिती भवनतुलसीपुर, ६ एकताटोल
१६.आजिवन टोल विकास समिती भवनतुलसीपुर, ६ आजिवन
१७.पशुपति टोल विकास समिती भवनतुलसीपुर, ६ पशुपति
१८.अरनिको टोल विकास समिती भवनतुलसीपुर, ६ अरनिको
१९.मोतीपुर टोल विकास समिती भवनतुलसीपुर, ६ मोतीपुर
२०.श्री गणेश सामुदायिक भवनतुलसीपुर, ७
२१.गैराखाली सामुदायिक भवनतुलसीपुर, ७
२२.धारापानी सामुदायिक भवनतुलसीपुर, ७
२३.सभाहलतुलसीपुर, ८ दुधेना
२४.थारु सांस्कृतिक भवनतुलसीपुर, ८ मनकामना टोल
२५.राधा कृष्ण सामुदायिक भवनतुलसीपुर, ८ कृष्ण मन्दिर
२६.वटोलपुर सामुदायिक भवनतुलसीपुर, ८ बटोलपुर
२७.तेक्वान्दो कर्भड हलतुलसीपुर, ८ कृष्ण मन्दिर
२८.गौरीगाउँ सामुदायिक भवनतुलसीपुर, १०
२९.चैलाई सामुदायिक भवनतुलसीपुर, १०
३०.वनगाई सामुदायिक भवनतुलसीपुर, १०
३१.वनगाई सामुदायिक भवनतुलसीपुर, १०
३२.वन्गै सामुदायिक भवनतुलसीपुर, १०
३३.बेलटाकुरातुलसीपुर, ११
३४.उरहरी खोप क्लिनिकतुलसीपुर, ११
३५.ज्येष्ठ नागरिक भवनतुलसीपुर, ११
३६.डवकपुर सामुदायिक भवनतुलसीपुर, १४
३७।खौसापुर सामुदायिक भवनतुलसीपुर, १४
३८।ड्वाङपुर सामुदायिक भवनतुलसीपुर, १४
३९।लुहाडपुर सामुदायिक भवनतुलसीपुर, १४
४०।भोजपुर सामुदायिक भवनतुलसीपुर, १४
४१।पहरुवा सामुदायिक भवनतुलसीपुर, १५ कोठरी
४२।भायार थान सामुदायिक भवनतुलसीपुर, १५, पहरुवा
४३।कृषि सहकारी भवनतुलसीपुर, १५ पहरुवा
४४।कान्जोर सामुदायिक भवनतुलसीपुर, १५ कान्जोर
४५।पटखौली घडेरीडाँडा सामुदायिक भवनतुलसीपुर, १५ पटखौली
४६।उत्तरकुरहरिया सामुदायिक भवनतुलसीपुर, १६ उत्तरकुरहरिया
४७।रतौ टोल विकास सामुदायिक भवनतुलसीपुर, १६ रत्गै
४८।बुलबुले कृषि सहकारी संस्था भवनतुलसीपुर, १६ भितुरिया
४९।उत्तर मजगाउँ सामुदायिक भवनतुलसीपुर, १६ मजगाउँ
५०।लालीगुराँस सामुदायिक भवनतुलसीपुर, १६ लहेलौरा
५१।सजनेवा टोल निवास भवनतुलसीपुर, १६ सजनेवा
५२।हाजगाउँ सामुदायिक भवनतुलसीपुर, १७
५३।जमिना सामुदायिक भवनतुलसीपुर, १७
५४।बन्तफा सामुदायिक भवनतुलसीपुर, १७
५५।ज्येष्ठ नागरिक भवन विकलौटीतुलसीपुर, १८
५६।समुदायिक भवन हेमन्तपुरतुलसीपुर, १८
५७।बालुवा टोल सामुदायिक भवनतुलसीपुर, १८
५८।बासडवरा सामुदायिक भवनतुलसीपुर, १८
५९।माथिल्लो हेमन्तपुर सामुदायिक भवनतुलसीपुर, १८
६०।शान्ति कर्मकोट सामुदायिक भवनतुलसीपुर, १९ कुटेचौर
स्रोतः नगर कार्यपालिकाको कार्यालय