४.२.३ बाँझो जमिन सम्बन्धी विवरण
नगरमा कतिपय क्षेत्रहरू प्रयोगहीन अवस्थामा बाँझो जमिन रहेका हुन्छन् । सबै प्रकारका जमिनहरूको एक वा अर्को प्रकारले सदुपयोग गर्न सकिन्छ । जमिन आफैमा एक अमूल्य प्राकृतिक सम्पदा हो । खेती नहुने क्षेत्रमा डालेघाँस वा जडिबुटी लगाउन सकिन्छ भने उपयुक्त स्थानहरू भए खुल्ला क्षेत्र, मनोरञ्जन स्थल, पार्क वा बगैंचाको रुपमा समेत विकास गर्न सकिन्छ । खेती नहुने अवस्थामा आवास विकासका लागि समेत यस्तो जमिनको सदुपयोग गर्न सकिन्छ । यस उप–महानगरपालिकामा सिँचाई नपुगेको जमिनहरु, खोलाको किनारा तथा भिराला पाखा पखेराका जमिनहरु बाँझो अवस्थामा रहेका छन् ।