तुलसीपुर

५.३.१ खानेपानीको श्रोतको विवरण

६१.५%
पाइप धारा (सुधारिएको)
८८.९%
सुधारिएको स्रोत (कुल)
११.१%
असुरक्षित स्रोत (खुला इनार/नदी)
४६,०१८
जम्मा घरपरिवार

एक नजरमा — खानेपानीको स्रोत

६१.५%
पाइप धारा पहुँच
२८,२८५ घरधुरी — भित्र+बाहिर
८८.९%
सुधारिएको स्रोत (कुल)
पाइप+ट्युवेल+ढाकिएको इनार
११.१%
असुरक्षित स्रोत
५,०९४ घरधुरी — खुला इनार/नदी
३/१९
उच्च–जोखिम वडा
सर्वाधिक: वडा १६ (३३%)

पानीको भर्‍याङ (drinking water ladder) र SDG–6: WHO/UNICEF को JMP वर्गीकरणअनुसार खानेपानीका स्रोतलाई गुणस्तरमा सिँढीजसरी हेरिन्छ — सबैभन्दा माथि सुरक्षित–व्यवस्थित (घरभित्रको पाइप धारा), त्यसपछि अन्य सुधारिएको स्रोत (घरबाहिरको पाइप, ट्युवेल, ढाकिएको इनार — दूषण कम), अनि असुधारिएको/असुरक्षित (नढाकिएको खुला इनार, नदी–खोला — मल–मुख रोगको प्रत्यक्ष जोखिम) । सुरक्षित पानीको पहुँच दिगो विकास लक्ष्य ६ र नेपालको संविधानमा मौलिक हक हो । तुलसीपुरमा ६१.५% घरधुरीमा पाइप धारा र कुल ८८.९% सुधारिएको स्रोत मा पहुँच छ — राम्रो आधार, तर अझै ११.१% (५,०९४ घरधुरी) असुरक्षित स्रोत मा निर्भर छन् ।

तालिका नं. ८५ – खानेपानीको मुख्य श्रोतको आधारमा घरपरिवारको विवरण

वडा नं.पाइप धारा (घरपरिसर भित्र)पाइप धारा (घरपरिसर बाहिर)ट्युवेल/हेन्डपमढाकिएको ईनार/कुवानढाकिएको खुला ईनार/कुवामूल धारानदी/ खोलाजार/ वोत्तलअन्यजम्मा
९८३२३३१२३२
७५६२३२८५९५११८२
१२०७५५२१५६०१३१२२३३२००३
१६३३५९२१५२२५६१५२३३८
१५६६२४५४७९८८१२३५१८०१६३६०८
४११३१२१११२४५५६३५७१२१४९६०७३
१५७१५२२१२०७३७३८३१६७१२३५२६
१४२८३६३७०२२२६५४९२२०८
१५८०२९९१७०८३२७८९५९३१३७७३
१०४७३२८९१३५६२२२९१५१८१६००
११११०५२६७७८४७५९०८४२६२५२१५०
१२९३६२७२३०८३०५३२५७२६७३
१३४८३४०४७४०३३४४३६११३१४१४८०
१४५९९२२३३६४५६१९११३१६२७
१५२९०१५०१९३८७५३८०३११९२८
१६५२७१६७१०४२६६३४११४२९१९०७
१७४२६१३८१९१२०४३१५५३४८८६२२९२
१८१३०७३१६५४५१४६२४११२५२३८४
१९९९२४००११२०५६९२५६५७४४२०३४
जम्मा२१९७५६३१०१५५८९११६४७६०११२२३३४२७९५६४४६०१८
प्रतिशत४७.७५१३.७१३.३९१९.८११०.३४२.४४०.७३०.६११.२३१००
स्रोतः राष्ट्रिय जनगणना, २०७८

खानेपानीको मुख्य श्रोत संरचना

घरपरिवारमा खानेपानी श्रोतको हिस्सा

४७.८%
१९.८%
१३.७%
१०.३%
पाइप धारा (घरपरिसर भित्र) ४७.७५% २१,९७५ घरधुरी
ढाकिएको ईनार/कुवा १९.८१% ९,११६ घरधुरी
पाइप धारा (घरपरिसर बाहिर) १३.७१% ६,३१० घरधुरी
नढाकिएको खुला ईनार/कुवा १०.३४% ४,७६० घरधुरी
ट्युवेल/हेन्डपम ३.३९% १,५५८ घरधुरी
मूल धारा २.४४% १,१२२ घरधुरी
अन्य १.२३% ५६४ घरधुरी
नदी/ खोला ०.७३% ३३४ घरधुरी
जार/ वोत्तल ०.६१% २७९ घरधुरी

वडागत असुरक्षित खानेपानी निर्भरता (खुला इनार/नदी %)

रातो ≥२५% · पहेँलो १२–२५% · हरियो <१२%

वडा १६
३३%
पाइप धारा ३६%
वडा १३
३१%
पाइप धारा ३५%
वडा ९
२१%
पाइप धारा ५०%
वडा १२
२०%
पाइप धारा ४५%
वडा १५
२०%
पाइप धारा २३%
वडा १७
१६%
पाइप धारा २५%
वडा १०
१४%
पाइप धारा ४८%
वडा १४
१२%
पाइप धारा ३८%
वडा ७
११%
पाइप धारा ५९%
वडा ८
१०%
पाइप धारा ८१%
वडा २
८%
पाइप धारा ८४%
वडा १८
७%
पाइप धारा ६८%
वडा ५
७%
पाइप धारा ५०%
वडा १९
६%
पाइप धारा ६८%
वडा ११
५%
पाइप धारा ६४%
वडा ३
२%
पाइप धारा ८८%
वडा ४
२%
पाइप धारा ९५%
वडा ६
१%
पाइप धारा ८८%
वडा १
१%
पाइप धारा ९९%

विश्लेषण — असुरक्षित पानीको वडागत जोखिम: असुरक्षित स्रोत–निर्भरता वडाअनुसार निकै असमान छ । वडा १६ (३३% — सर्वाधिक) लगायत ३ वडामा घरधुरीको पाँचौं–भागभन्दा बढी नढाकिएको खुला इनार/नदीको पानी पिउँछन् — यी मुख्यतः तराई/ग्रामीण वडा हुन्, जहाँ भूमिगत जलसतह माथि भएकाले इनार सजिलो भए पनि मल–दूषण को उच्च जोखिम हुन्छ । यो सीधै झाडापखाला (AGE), टाइफाइड र बाल कुपोषण सँग जोडिएको छ — दूषित पानीले बारम्बार हुने झाडापखालाले बच्चाको पोषण–अवशोषण बिगार्छ । ठीक उल्टो, सहरी वडा १ लगायतमा पाइप–धारा पहुँच उच्च छ । साथै तराई वडाको ट्युवेल–निर्भरताले आर्सेनिक परीक्षणको आवश्यकता पनि उठाउँछ ।

स्वच्छ पानी तथा सरसफाई मानवीय स्वास्थ्य लाई प्रभाव पार्ने प्रमुख तत्वहरू भएको र दिगो विकास लक्ष्यको लक्ष्य नं. ६ ले खानेपानी तथा सरसफाईलाई सुनिश्चितता गर्नुका साथै नेपालको संविधानले पनि खानेपानी तथा सरसफाई सुविधालाई नागरिकको मौलिक हकको रुपमा व्याख्या गरेको हुनाले स्वस्थ नागरिक उत्पादनमा योगदान प्रुयाउन गुणस्तरीय खानेपानी र सरसफाईको क्षेत्रलाई उच्च प्राथमिकतामा राखी थप खानेपानी आयोजनाहरू निर्माण गर्नुपर्ने साथै वैज्ञानिक विधिहरूको प्रयोग गरी फोहोरमैला व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको छ ।

यस उप–महानगरपालिकामा रहेका ४६,०१८ घरपरिवारहरू मध्ये सामान्यतया धेरैजसो धारा/पाइप (घरपरिसर भित्र) को पानी पिउने परिवारको संख्या २१,९७५ अर्थात ४७.७५ प्रतिशत, धारा/पाइप (घरपरिसर बाहिर) बाट पिउनेको संख्या ६,३१० अर्थात १३.७१ प्रतिशत रहेको छ । ट्युवेल/हेन्डपम्पबाट पानी पिउनेको संख्या १,५५८ अर्थात ३.३९ प्रतिशत यसैगरी घरपरिवारले ढाकिएको इनारको पानी पिउनेको संख्या ९,११६ अर्थात १९.८१ गर्ने गर्दछन् भने नढाकिएको इनारको पानी पिउनेको संख्या ४,७६० अर्थात १०.३४ प्रतिशत रहेका छन् । यसैगरी मूल धाराको पानी पिउने गरेका घरपरिवार संख्या १,१२२ अर्थात २.४४ प्रतिशत, नदी/खोलाको पानी पिउनेको संख्या ३३४ अर्थात ०.७३ प्रतिशत, जार/बोतल प्रयोग गर्ने घरपरिवार संख्या २७९ अर्थात ०.६१ प्रतिशत र अन्य पानीको स्रोत प्रयोग गर्ने परिवारको संख्या ५६४ अर्थात १.२३ प्रतिशत रहेको छ । वडागत रुपमा विस्तृत विवरण तालिकामा प्रस्तुत गरिएको छ ।

Sustainable Development Goals Status & Roadmap: २०१६–२०३० का अनुसार (SDG– 6) आधार वर्ष २०१५ मा सुरक्षित पिउने पानी उपभोग गर्ने जनसंख्या १५ प्रतिशत मात्र देखिन्छ । दिगो विकास लक्ष्य अनुगमन ढाँचा समेत उल्लेख भएको उक्त दस्तावेज अनुसार यो जनसंख्या क्रमशः वृद्धि गर्ने अपेक्षा गरिएको छ । जस अनुसार २०१९ मा ३५ प्रतिशत, २०२२ मा ५० प्रतिशत, २०२५ मा ६५ प्रतिशत हुँदै सन् २०३० सम्म सुरक्षित पिउने पानी प्रयोगकर्ता कूल जनसंख्याको ९० प्रतिशत हुने महत्वाकांक्षी लक्ष्य राखिएको छ । उक्त राष्ट्रिय लक्ष्य प्राप्तिमा टेवा प्रुयाउन तथा आम जनसाधारणको जनस्वास्थमा सुधार गर्न पानी प्रयोग गर्दा पानीको उपयुक्तताको परीक्षण र सुरक्षाको उपायहरूबारे व्यापक जनचेतना फैलाउनुपर्ने देखिन्छ ।