तुलसीपुर

४.४.१ धार्मिकस्थल तथा पर्यटकीय स्थलहरूको विवरण

विशिष्ट भौगोलिक संरचनाले सिर्जना गरेको हावापानी, जनजीवन, वन, वनस्पती र वन्यजन्तु तथा साँस्कृतिक विविधताको कारण नेपाल विश्वमा नै एउटा चित्ताकर्षक पर्यटकीय गन्तव्य स्थलको रूपमा परिचित छ । पर्यटन हाम्रा लागि प्रकृतिले दिएको वरदान हो । यी सम्पूर्ण पर्यटकीय सम्पतिको पूर्ण सदुपयोग गरेमा देशको आर्थिक समृद्धिमा उल्लेखनीय योगदान प्रुयाई देशको अर्थतन्त्रलाई सबल बनाउन सकिने निश्चित छ । तसर्थ पर्यटन नीति, २०६५ ले मुलभूत रूपमा पर्यटन मार्फत् स्वरोजगार सिजर्ना, गरिबी निवारण, मूर्त तथा अमूर्त सम्पदाको खोज अनुसन्धान, हवाई तथा स्थलमार्गको थप विकास र विस्तार गर्ने र पर्यटन पूर्वाधारलाई दिगो विकासको अवधारणा अनुरुप अगाडि बढाउने उद्देश्य लिएको छ । यस उप–महानगरपालिकामा पनि पर्यटन विकासका प्रचुर सम्भावनाहरू रहेका छन् ।

उप–महानगरपालिकामा रहेको बबई नदीको किनारमा सुन्दर थुम्कोमा यहाको पिवत्र धार्मिक स्थल शितलपुर महादेव मन्दिर, कालिका मालिका मन्दिर, राधा कृष्ण मन्दिर, त्रिसिद्धेश्वरी मन्दिर, भद्रकाली मन्दिर, देविस्थानमन्दिर, सिद्धबाबा थान थर्कोट, सुकौरा कोट, छिलिकोट, चमेरे गुफा, राप्ती शान्ति पार्क, सुकौरा कोट, प्रतापकोट, सात तले झरना, ब्रम्हकुमारी राजयोग, लक्ष्मीनारायण मन्दिर लगायतका स्थल धार्मिक, प्राकृतिक, ऐितहासिक र पुरातात्विक महत्वका स्थलहरू रहेका छन् । यहाँ होम स्टे र साँस्कृतिक पर्यटनको समेत उत्तिकै सम्भावना रहेको छ । क्षेत्री, ब्राह्मण, थारु जातीको संस्कृति झल्कने विभिन्न साँस्कृतिक कार्यक्रमहरूलाई समेटेर साँस्कृतिक पर्यटन प्रर्वद्धन गर्न सकिन्छ । यसका साथै उप–महानगरपालिकामा कृषि उत्पादन, फलफुल, तरकारीबाली, मौरी पालन र नगदेबालीको उत्पादनमा अग्रणी स्थान रहेकाले ती क्षेत्रहरूलाई नमूना कृषि क्षेत्रको रुपमा विकास गर्न सके कृषि पर्यटकहरूलाई आकर्षण गर्न सकिन्छ । तसर्थ हाल पर्यटकहरूका लागि होटल तथा होम स्टेहरूका साथै अन्य आवश्यक सेवा सुविधा विस्तार गर्न आवश्यक रहेको छ ।

नक्शा उप–महानगरपालिकाको कृषि नक्शा

बहुजातीय, बहुभाषीय, बहुधर्म र सामाजिक विविधता एवं तुलसीपुर उप–महानगरपालिकामा परम्परागत मन्दिरहरु तथा ऐतिहासिक स्थलहरु रहेका छन् । यस उप–महानगरपालिकामा रहेका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलहरूको विवरण तालिकामा उल्लेख गरिएको छ ।

तालिका नं. ६० – धार्मिक तथा ऐतिहासिक स्थलहरूको विवरण

वडा नं.पर्यटकीय तथा धार्मिक स्थलहरुको नाममहत्व
मनकामना मन्दिरसाँस्कृतिक तथा धार्मिक
जबमुचिरा जलाशयप्राकृतिक रमणीय क्षेत्र
शिव मन्दिर शिवलीङ्गसाँस्कृतिक तथा धार्मिक
काठेखोली झरनाप्राकृतिक तथा दृश्यावलोकन
तकियापूर शिव मन्दिरसाँस्कृतिक तथा धार्मिक
भूवनेश्वरी मन्दिरसाँस्कृतिक तथा धार्मिक
कुहिरेपानी मनिकापुर जलाशयप्राकृतिक तथा दृश्यावलोकन
विश्वकर्मा बाबा मन्दिरसाँस्कृतिक तथा धार्मिक
गोरखनाथ मन्दिरसाँस्कृतिक तथा धार्मिक
गुरुङ् गुम्बा स्तुपासाँस्कृतिक तथा धार्मिक
बराखाली राधाकृष्ण मन्दिरसाँस्कृतिक तथा धार्मिक
खरेल बन्धुद्धारा निर्मित कालिकादेवी मन्दिरसाँस्कृतिक तथा धार्मिक
खैरावाङ्ग भगवती मन्दिरसाँस्कृतिक तथा धार्मिक
शिव मन्दिरसाँस्कृतिक तथा धार्मिक
शिव मन्दिर एकता टोलसाँस्कृतिक तथा धार्मिक
शिव मन्दिर रानागाउँसाँस्कृतिक तथा धार्मिक
कल्याणकारी शिवमन्दिर त्रिवेणी गहत्तेसाँस्कृतिक तथा धार्मिक
बागेश्वरी भगवती मन्दिर भट्टेसाँस्कृतिक तथा धार्मिक
मुलकोट सिद्ध चमेरे गुफाधार्मिक/प्राकृतिक/ऐतिहासीक तथा रमणीय क्षेत्र
सुकिदहप्राकृतिक तथा दृश्यावलोकन
खुमखानीप्राकृतिक तथा दृश्यावलोकन
विज्ञान पार्कप्राकृतिक तथा दृश्यावलोकन
भुवनेश्वरी मन्दिरसाँस्कृतिक तथा धार्मिक
नमुना शिव मन्दिरसाँस्कृतिक तथा धार्मिक
रतननाथ मन्दिरसाँस्कृतिक तथा धार्मिक
कमल पोखरीमानवनिर्मित मनोरम ताल
त्रिसिद्धेश्वरी कालिका मन्दिरसाँस्कृतिक तथा धार्मिक
लक्ष्मीनारायण बेङ्गटेश्वर मन्दिरसाँस्कृतिक तथा धार्मिक
राप्ती शान्ति उद्यानप्राकृतिक तथा दृश्यावलोकन
भुयार थानसाँस्कृतिक तथा धार्मिक
शिव मन्दिरसाँस्कृतिक तथा धार्मिक
बुत्रावती मन्दिरसाँस्कृतिक तथा धार्मिक
राधाकृष्ण मन्दिरसाँस्कृतिक तथा धार्मिक
बटोलपुर होमस्टेस्थानीय परिकार/पर्यतकीय
बटोलपुर उद्यमीघरसाना उद्यमी उत्प्रेरणा स्थल
सहिद स्मृती पार्कऐतिहासिक पार्क
कपासेडाँडा तालप्राकृतिक तथा दृश्यावलोकन
हरियाली पार्कप्राकृतिक तथा दृश्यावलोकन
सत्यशिव सुन्दरा देवीको मन्दिरसाँस्कृतिक तथा धार्मिक
श्री राधाकृष्ण मन्दिरसाँस्कृतिक तथा धार्मिक
कालाभैरव मन्दिरसाँस्कृतिक तथा धार्मिक
नवदुर्वा ग्रिन पार्कधार्मिक महत्व
थर्कुडाँडामा रहेको शिवमन्दिरसाँस्कृतिक तथा धार्मिक
चुलेसेको विश्वकर्मा बाबाको मन्दिरसाँस्कृतिक तथा धार्मिक
चुलेसेको गुम्वा संग्रालय तथा लामा घरसाँस्कृतिक तथा धार्मिक
पशुपति टोलको शिव मन्दिरसाँस्कृतिक तथा धार्मिक
नगरविकासमा रहेको चिल्ड्रेन पार्कप्राकृतिक तथा दृश्यावलोकन
गौरीशंकर टोलको गौरीशंकर मन्दिरसाँस्कृतिक तथा धार्मिक
नवदुर्गा सामुदायिक वनप्राकृतिक तथा दृश्यावलोकन
महालक्ष्मी सामुदायिक वनप्राकृतिक तथा दृश्यावलोकन
आधुनीक अटो भिलेजप्राकृतिक तथा दृश्यावलोकन
राधाकृष्ण ग्रिन पार्कप्राकृतिक तथा दृश्यावलोकन
१०गौरीताल (जलाशय)प्राकृतिक तथा दृश्यावलोकन
पढ्ढा बराह ताल (जलाशय)प्राकृतिक तथा दृश्यावलोकन
११दंगीशरण थार राजकोट दरबार परिसरऐतिहासिक तथा धार्मिक
श्रीमणी स्मृती पार्कऐतिहासिक पार्क
भाइरल झोलुङ्गे पुलप्राकृतिक तथा दृश्यावलोकन
१२िशतलपुर सिद्धेश्वर मन्दिरसाँस्कृतिक तथा धार्मिक
पशुपति शिव मन्दिरसाँस्कृतिक तथा धार्मिक
ॐ सोमनाथ मन्दिरसाँस्कृतिक तथा धार्मिक
श्री ॐ शिव मन्दिरसाँस्कृतिक तथा धार्मिक
राधाकृष्ण मन्दिर कपडादेवीसाँस्कृतिक तथा धार्मिक
शिव मन्दिर नमुना टोलसाँस्कृतिक तथा धार्मिक
टरिगाउँ शिव मन्दिरसाँस्कृतिक तथा धार्मिक
१३जन्ती ढुङ्गाऐतिहासिक स्थल
फुलबारी लेक साईडप्राकृतिक तथा दृश्यावलोकन
आमखोली लेकसाईडप्राकृतिक तथा दृश्यावलोकन
भञ्ज्याङ साईडप्राकृतिक तथा दृश्यावलोकन
१४हात्ति ढुङ्गाप्राकृतिक तथा दृश्यावलोकन
खौसापुर जलाशयप्राकृतिक तथा दृश्यावलोकन
१५बाबाकुटी मन्दिरसाँस्कृतिक तथा धार्मिक
आसुतोष शिव मन्दिरसाँस्कृतिक तथा धार्मिक
शिवबाटिका मन्दिरसाँस्कृतिक तथा धार्मिक
१६त्रिनेत्रेश्वर शिव मन्दिरसाँस्कृतिक तथा धार्मिक
रत्ननाथ बाबा मन्दिरसाँस्कृतिक तथा धार्मिक
१७पञ्चेधाराप्राकृतिक तथा दृश्यावलोकन
१८विश्वनाथधाम मन्दिरसाँस्कृतिक तथा धार्मिक
विश्वम्भर महादेव मन्दिरसाँस्कृतिक तथा धार्मिक
पृथकी कुहिरेसोता जलाशयप्राकृतिक तथा दृश्यावलोकन
रानीतालप्राकृतिक तथा दृश्यावलोकन
सुदय रामेश्वर शिवालयसाँस्कृतिक तथा धार्मिक
त्रैलोक्यश्वर महादेव मन्दिरसाँस्कृतिक तथा धार्मिक
कुहिरेसोता ड्यामप्राकृतिक तथा दृश्यावलोकन
अम्वाखोली ताल तथा पार्कप्राकृतिक तथा दृश्यावलोकन
१९कालिका मालिका छिल्लीकोटऐतिहासिक तथा धार्मिक
रतननाथ मन्दिरसाँस्कृतिक तथा धार्मिक
कालिका मालिका देविस्थान मन्दिरसाँस्कृतिक तथा धार्मिक
क्रान्ती संग्रालयऐतिहासिक तथा धार्मिक
रतननाथ मन्दिर खरखरेसाँस्कृतिक तथा धार्मिक
बासगडि खानेपानी पार्कप्राकृतिक रमणीय स्थल
झाक्रीगेल झरनाप्राकृतिक तथा दृश्यावलोकन
रुप्से झरनाप्राकृतिक तथा दृश्यावलोकन
गौरीताल जलाशयप्राकृतिक तथा रमणीय
गणेश गंगाप्राकृतिक तथा रमणीय
ज्याङ्गे जरुवाप्राकृतिक तथा रमणीय
झारी भर्ने मूहानप्राकृतिक तथा रमणीय
जटायु रेष्टुरेन्टपर्यापर्यटन तथा अध्ययनको गन्तव्य
सुगन्धकोकीला बनप्राकृतिक तथा रमणीय
गणेश थानसाँस्कृतिक तथा धार्मिक
शिव मन्दिर कुटेचौरसाँस्कृतिक तथा धार्मिक
शिव मन्दिर सक्रामसाँस्कृतिक तथा धार्मिक
स्रोतः नगर कार्यपालिकाको कार्यालय

तालिका नं. ६० – धार्मिक तथा ऐतिहासिक स्थलहरूको विवरण

वडा अनुसार संख्या

वडा १
वडा २
वडा ३
११
वडा ४
वडा ५
वडा ६
वडा ७
वडा ८
वडा ९
१४
वडा १०
वडा ११
वडा १२
वडा १३
वडा १४
वडा १५
वडा १६
वडा १७
वडा १८
वडा १९
१७
नक्शा उशप–महानगरपालिकाको धार्मिक क्षेत्र नक्शा