२.४ धरातलीय अवस्था
उप–महानगरपालिकाको भौतिक अवस्थाको विवरण तयार पार्दा यहाँको धरातलीय अवस्थाका बारेमा उल्लेख गर्नु अनिवार्य हुन्छ । क्षेत्रफलका हिसाबले नेपाल सानो भए तापनि धरातलीय विविधताका हिसाबले विश्वमै सम्पन्न मानिन्छ । विशेषतः भौगर्भिक प्रक्रियाका दौरान पछिल्लो समयमा निर्माण भएको महालङ्गुर हिमश्रृङ्खला निर्माण हुँदा तिब्बतीयन भू–खण्ड र भारतीय उपमहाद्वीपको एक आपसमा टकराव हुँदा यी दुई भू–खण्डका बिचमा रहेको टेथिस सागरको अस्तित्व समाप्त भई उच्च हिमालय पर्वत, मध्यम महाभारत पर्वत श्रृङ्खला तथा होचा चुरे पर्वत श्रृङ्खला र सबैभन्दा दक्षिण भेगमा फैलिएको विशाल गंगाको मैदानको अंशको रुपमा रहेको तराई भू–भाग मिलेर समग्र देशको भू–सतह निर्माण भएको छ । तुलसीपुर उप–महानगरपालिका महाभारत चुरे पर्वत श्रृंखलाको बिचमा रहेको एसिया कै ठुलो उपत्यकाको एक अंश हो । यो भू–धरातलको वस्तुगत चरित्रहरू मध्ये एक वा अर्को प्रकारको भू–धरातलको प्रधानता नेपालका गाउँपालिका वा नगरपालिकामा रहेको पाईन्छ । भू–धरातलीय स्वरुपले विकास निर्माणमा अहम् भूमिका खेल्दछ । भू–धरातलको विवरण अन्तर्गत विशेषतः भिरालोपन, मोहडा, उचाई, भू–आवरण, माटोको बनावट जस्ता आधारभूत पक्षहरू पर्दछन् ।
क) माटोको बनावट
उप–महानगरपालिकाको भौगर्भिक संरचना भारतीय उपमहाद्विप (Indian Plate) र तिब्बतीयन प्लेट (Tibetan Plate) को एक आपसको टकरावबाट उत्पत्ति भएको महाभारत पर्वत श्रृङ्खला निर्माण हुँदाको बखत भएकाे हो । तुलसीपुर उप–महानगरपालिका महाभारत चुरे पर्वत श्रृंखलाको बिचमा रहेको एसिया कै ठुलो उपत्यकाको एक अंश रहेकालेे यहाँको माटो मुख्यतया पाँगो मिश्रित मलिलो रहेको छ । खोला नालाको प्रत्यक्ष प्रभाव क्षेत्रमा रहेको माटोमा बालुवाको मात्रा बढी छ भने केही भित्री भागमा चिम्टाइलो र दोमट माटोमा प्राङ्गारिक पदार्थकाे मात्रा पाइन्छ । यसरी प्राङ्गरिक पदार्थको मात्रा भने निरन्तर खेती भैरहेको क्षेत्रमा केही बढी छ भने बाँझो क्षेत्रमा क्रमशः घटिरहेको पाइन्छ । समग्रमा भन्दा यो उप–महानगरपालिकाको प्राय क्षेत्र समथर हँुदा उर्वर र खेतीयोग्य माटोमा पर्दछ ।
ख) भिरालोपनाको विवरण
तुलसीपुर उप–महानगरपालिकाको भूमिलाई भू–बनोट, प्रणाली तथा भू–स्खलन जस्ता प्रवृत्तिका आधारमा अध्ययन गर्दा भूमिको वर्गीकरणलाई त्यसको उपयोगको सम्भाव्यता र सघनता घट्दै जाने (Degrading) क्रममा राखिएको छ । अर्को शब्दमा, भू–स्खलन वा भू–क्षयीकरणको प्रवृत्ति भू–बनोट अनुसार फरक पर्दै जान्छ । त्यसै क्रमले भूमिको स्थायित्वलाई मजबुत बनाउने उपायको भौतिक लक्षण (Physical characteristics) का आधारमा माटोको अवस्था र भिरालोपन विश्लेषण गरिएको छ । तुलसीपुर उप–महानगरपालिकामा भू–बनाेट, पारिस्थितिक प्रणाली तथा भू–स्खलन जस्ता तत्वका आधारमा भूमिको वर्गीकरणलाई हेर्दा उप–महानगरपालिकाको जमिनमा रहेको भिरालोपनलाई नक्शामा उल्लेख गरिएको छ ।
अ) Slope ०°–५° (माटोको गहिराई पर्याप्त भएको, पानीको निकास राम्रो हुने गरी कान्ला बनाई खेती गर्न सकिने)
यस्तो जमिनमा माटोको गहिराई पर्याप्त हुन्छ र पानी सतहमा तथा अर्ध भूमिगत अवस्थामा समेत सजिलै निकास हुन्छ । मनसुनी खेती गर्नका लागि यस्तो भूमिमा गह्राहरू बनाउनु पर्दछ । सतहगत जलप्रवाह एवं अर्धभूमिगत पानीको निकासलाई भू–क्षय हुन नपाओस् भनी नियन्त्रणका उपायहरू अपनाउनु पर्दछ । माटोका भौतिक गुणहरू तथा जमिनको भिरालोपनका कारण वर्षाको पानीबाट नयाँ खोल्सीहरू बन्ने र ती खोल्सीहरू प्रकारान्तरमा चौडा हुँदै गएर भू–क्षयको प्रवृत्ति बढ्ने हुनाले यस वर्गको जमिनको संरक्षण गर्न विशेष ध्यान दिनु पर्दछ ।
यस वर्गको जमिनमा परम्परागत माध्यम वा आधुनिक विधिबाट खेती गर्न सकिन्छ । मनसुनको समयमा हुने वर्षाका कारण चरन तथा वनस्पतिलाई पनि मनग्य फाइर्दा पुग्दछ । यस्तो जमिनमा धान खेती गर्न सकिन्छ । सिँचाइर् सुविधा उपलब्ध भएको छ । माटो दानादार भएको अवस्थामा समेत धानबाली लगाउन सकिन्छ । सिँचाइर् भएमा हिउँदे एवं वर्षे बाली पनि लगाउन सकिन्छ ।
आ) Slope ५º-३०º (माटाेको गहिराई ५०–१०० से.मि. भएको, पानीको निकास राम्रो हुने गरी कान्ला बनाएर मात्र खेती गर्न सकिने)
५०–३०० भिरालो रहेको, पानीको निकास राम्रो हुने गरेको तथा माटोको पत्रको गहिराई ५० से.मि. देखि १०० से.मि. सम्म रहेको जग्गा यस वर्गमा पर्दछ । यस वर्गको जमिनमा पहिरो जाने, जमिन भासिने जस्ता भू–क्षयीकरणका प्रवृत्तिहरू सामान्य रुपमा देखा परिरहन्छन् । त्यसैले जमिनलाई सामान्य रुपमा व्यवस्थापन नगरिएमा यस्ता प्रवृत्तिमा झन् वृद्धि हुने हुन्छ । वन, वनस्पतिका लागि यो जमिन त्यति सहज हुँदैन् । गाईवस्तुको आवत–जावतबाट भू–क्षयीकरणमा वृद्धि हुने हुनाले चरन विकासलाई यस प्रकारको जमिनमा प्रश्रय दिन ठीक हुँदैन् । तर, पालैपालो निश्चित स्थानहरूमा गाईवस्तु थुनेर चराउने हो भने त्यसले जमिनको उत्पादकत्वमा सघाउ पनि प्रुयाउन सक्दछ ।
यस प्रकारको जमिन विशेष गरी मनसुन खेतीका लागि भू–क्षय रोक्न गह्राहरू बनाउन अनिवार्य हुन्छ । यसमा खेतीकाे परम्परागत र मध्यमस्तरीय प्रविधि नै अपनाउनुपर्ने हुन्छ । यस प्रकारको भिरालोपन भएको जमिनमा खेती गर्दा माटाेको भौतिक गुणहरूसँग व्यवस्थापन सीपको सम्मिश्रणले मुख्य भूमिका खेलेको हुन्छ । सिँचाइर्को प्रयोग नियमित रुपमा पहिलेदेखि नै भइरहेको खण्डमा सिँचाइर् गर्दा भू–क्षयको समस्या आउँदैन, तर नयाँ सिँचाइर् प्रणाली शुरु गर्ने हो भने शुरुमा सावधानी अपनाउनु पर्दछ । एक्कासी बढी सिँचाइर् भएको खण्डमा भू–क्षयीकरणको प्रवृत्ति तुरुन्त शुरु हुन सक्दछ ।
इ) Slope ३०º–४०º माटोको गहिराई २० से.मि. मात्र भएको, पानीको निकास सहज भएको तथा जमिनको भिरालोपन ३०० (१.७ मिटरमा १ मि.) भन्दा बढी भएको, काठ दाउरा उत्पादन गर्न उपयुक्त ।
माटोको पत्र २० से.मि. मात्र गहिराई भएको पानीको निकास सहज भएको तथा जमिनको भिरालोपन ३०० (१.७ मिटरमा १ मि.) भन्दा बढी भएको जमिन यस वर्गमा पर्दछ । यस प्रकारको ज्यादा भिरालोपन भएको जग्गामा गह्रा बनाएर खेती गर्नु फाइर्दाजनक देखिँदैन् । यस प्रकारको जमिनमा वर्षाको पानीबाट छिटो खोल्सीहरू बन्ने वा बाढीले क्षित प्रुयाउने ठूलो सम्भावना रहन्छ । यस प्रकारको जमिनमा वनस्पतीहरू लगाउन उपयुक्त देखिन्छ । यहाँ काठ र इन्धनका लागि वन पैदावारको उत्पादन वृद्धि गर्नु उपयुक्त हुन्छ । पहिरो जाने वा बाढीबाट क्षति हुने प्रवृत्ति यस प्रकारको जमिनका सामान्य लक्षण हुन् ।
यस्तो क्षेत्रमा जंगलको विकास गरी इन्धन, पशु आहार तथा काठ उत्पादन गर्न सकिन्छ । जंगल फडानी भएको छ भने पनि यस्तो क्षेत्रमा या त बोटबिरूवालाई पुनः हुर्काउन सकिन्छ या त बृक्षारोपण गर्न सकिन्छ । यस वर्गमा पर्ने जमिनहरूमा गाईवस्तुलाई चराउने चलन कडाइर्का साथ नियन्त्रण गर्नुपर्छ । यदि इन्धन, पशु, आहार तथा चरनको लागि उपयोग गर्ने हो भने पनि वार्षिक उपयोगले भविष्यको उत्पादकत्वलाई जोखिममा पार्ने खालको हुनु हुँदैन् । यस प्रकारको क्षेत्रमा यस्तो वन पैदावार उपयोग गर्ने तरिका, स्थान र पहुँचको लागि सडक विस्तार र सुरक्षित योजना बनाउनु पर्दछ । यस्तो जमिन खेतीको लागि उपयुक्त हुँदैन् ।
ई) Slope >40º माटोको गहिराई २० से.मि. भन्दा कम भएको, भू–क्षय भइरहने पुनरुत्पादनको सम्भावना कम भएको ।
ज्यादै भिरालो भएको, मध्यम भिरालोपन भए पनि माटो पत्र (तह) २० से.मि. भन्दा कम भएको वा जस्तो सुकै भिरालोपन भए पनि वर्षे पानीबाट क्षति भएको, धेरै खोल्सीहरू सिर्जना भएको जमिन यस वर्गमा पर्दर्छ । यस प्रकारको जमिनलाई घाँस वा बोट–िबरुवा लगाएर हराभरा बनाइराख्नुपर्छ, किनभने माथि उल्लेख गरिए झैँ एकातिर यस्तो जिमनमा भू–क्षयीकरणको प्रवृत्ति तीब्र रहेको हुन्छ भने अर्कातिर एक पटक भू–स्खलन भइसकेको क्षेत्रलाई पुनःअधिग्रहण ९चझअबिष्० गर्न असम्भव हुन्छ । उच्च भू–भागमा माटोको तापक्रम कम रहने तथा भिरालोपन भएकोले माटो सजिलैसँग बग्दछ ।
यसको अर्थ यहाँको जमिनमा खेतीपाती गर्न धेरै सहज रहेको छ । खेतीपाती मार्फत् अन्नभण्डार बन्ने क्षमता उप–महानगरपालिकाले राख्दछ । यहाँको भूमिको सही सदुपयोग गर्न सके प्राकृतिक सम्पदाको धनी तुलसीपुर उप–महानगरपालिकाले विकासमा कायापलट हुन सक्ने क्षमता राख्दछ ।
ग) जमिनको मोहोडाको विवरण (Aspect)
जमिनको भिरालोपन र मोहडा सामान्यतया एक अर्काका परिपूरक हुन्छन् । अर्थात् भिरालोपन विषम हुँदा मोहडामा पनि विषमता हुन्छ । समथर क्षेत्रमा मोहडामा विषमता नभए तापनि उप–महानगरपालिकामा निम्नानुसारको मोहडाको विवरण रहेको छ ।
तालिका नं. २ – जमिनको मोहडाको विवरण
| जमिनको मोहडा | क्षेत्रफल (वर्ग कि.मी.) | प्रतिशत |
|---|---|---|
| उत्तर मोहडा | ३७.८६ | ९.८५ |
| उत्तर पूर्वी मोहडा | ३२.३९ | ८.४२ |
| पूर्व मोहडा | ३५.९३ | ९.३४ |
| दक्षिण पूर्वी मोहडा | ५९.६८ | १५.५२ |
| दक्षिण मोहडा | ६७.५१ | १७.५६ |
| दक्षिण पश्चिम मोहडा | ६०.४० | १५.७१ |
| पश्चिम मोहडा | ५०.५७ | १३.१५ |
| उत्तर पश्चिम मोहडा | ४०.१८ | १०.४५ |
| जम्मा | ३८४.५२ | १०० |
मोहडा अनुसार क्षेत्रफलको दिशात्मक वितरण
प्रत्येक पंखुडीको लम्बाइ सम्बन्धित दिशाको क्षेत्रफल प्रतिशत अनुसार छ