७.१.३ उप–महानगरपालिका क्षेत्रभित्र चल्ने सवारी साधन
हाल आएर नेपालका शहरी क्षेत्र र बजार केन्द्रहरूमा सडक यातायात अन्तर्गत लामो दुरीमा बस, मिनिबस तथा हायस, माईक्रो बस सञ्चालनमा आएका पाइन्छन् भने छोटो दुरीमा माईक्रोबस र मोटरसाईकलहरू, अटो रिक्सा लगायतका सवारी साधन रहेका छन् । यी सवारी साधनहरू मध्ये कतिपय निजी र कतिपय सार्वजनिक हुन्छन् ।
कुनै पनि क्षेत्रको आर्थिक सामाजिक विकासलाई गतिशील बनाउन सार्वजनिक वस्तु तथा सेवा प्रवाहलाई सरल र सहज बनाउन कृषि तथा गैरकृषि क्षेत्रको विकास गर्न यातायात एउटा महत्वपूर्ण पूर्वाधारको रुपमा रहेको हुन्छ । यस उप–महानगरपालिकामा मुख्यतया ट्रक, ट्रेक्टर, जिप, बस, मोटरसाइकल, रिक्सा, इिभी गाडीहरूको उपयोग गरिएको देखिन्छ । उप–महानगरपालिकाका सबै वडाहरूमा बाह्रै महिना सुचारु हुने गरी सडक मार्गहरूको स्तरोन्नति गर्नुपर्ने देखिन्छ । साथै सडक यातायातको लागि आवश्यक विभिन्न पूर्वाधारहरू जस्तैः सवारी साधन पार्किङ स्थल, बस स्टप, यात्रु प्रतिक्षालय, सडक बत्ती, सडक संकेत चिह्न, बसको अन्तिम बिसौनी सम्बन्धी सेवा सुविधाहरू व्यवस्थित रुपमा विकास गर्नुपर्ने देखिन्छ ।
सवारी–साधनको सोपान र सहरी गतिशीलता (urban mobility): सवारी साधन दूरी र प्रयोजनअनुसार सोपानमा बाँडिन्छन् — लामो दुरीका बस/हाइस (अन्तर–नगर), छोटो दुरीका माइक्रो/अटो रिक्सा (नगरभित्र), र व्यक्तिगत मोटरसाइकल (अन्तिम–माइल) । बढ्दो मोटरसाइकल निर्भरता सुविधाजनक भए पनि ट्राफिक–भीड, दुर्घटना (हे. आपत्कालीन सेवा) र वायु–प्रदूषण बढाउँछ । दिगो सहरी गतिशीलताको दिशा हो — भरपर्दो सार्वजनिक यातायात लाई प्राथमिकता, र विद्युतीय सवारी (EV) को प्रवर्द्धन, जसले नगरको ९५%+ विद्युतीकरण को फाइदा उठाउँदै पेट्रोलियम–आयात र प्रदूषण दुवै घटाउँछ । बाह्रै महिना सञ्चालन हुने सडक, पार्किङ, बस–स्टप र यात्रु–प्रतीक्षालयको व्यवस्थित विकास यसको पूर्वसर्त हो ।