४.६.३ खाद्यान्न बालीमा लाग्ने रोग तथा किरा
कृषि बालीबाट अपेक्षित उत्पादन लिनका लागि बालीनालीको उचित स्याहार सम्भार आवश्यक छ । विशेषत बालीनालीलाई रोग तथा किराले आक्रमण गर्ने हुँदा रोग तथा किराबाट बच्न समयमै उच्च सतर्कता अपनाउने र रोकथाम बारे जानकारी हासिल गर्नु अति आवश्यक छ । अर्कोतर्फ बालीनालीमा लाग्ने र लाग्न सक्ने रोग तथा किराको सही ढङ्गले पहिचान हुन समेत जरुरी छ । रोग तथा किराको सही पहिचान हुन सके समयमै त्यसको रोकथाम हुन गई उत्पादनलाई सुरक्षित तथा वृद्धि गर्न सकिन्छ ।
तालिका नं. ५१ – खाद्यान्न बालीमा लाग्ने रोगको विवरण
| क्र.सं. | बाली | प्रमुख शत्रु जीव | प्रमुख रोग |
|---|---|---|---|
| १ | धान | फड्के, फट्याङ्ग्रा गवारो, हिस्पा | मरुवा, डढुवा, खैरे रोग |
| २ | गहुँ | कीटकिटे, धमिरा, लाहि | कालो पोके, पहेलो सिन्दुरे, खैरो सिन्दुरे, डढुवा, गन्हाउने कालो पोके आदि । |
| ३ | मकै | अमेरिकी फौजी कीरा, खुर्मे किरा, गवारो, फेद कटुवा आदि । | ध्वाँसे थोप्ले रोग, उत्तरी पाते डढुवा, दक्षिणी पाते डढुवा, डाँठ कुहिने रोग आदि । |
| ४ | तोरी | करौते झिङ्गा, लाहि | White Rust, Alternaria leat |
| ५ | आलु | फेदकटुवा, आलुको पुतली, रातो कमिला, लाहि आदि | डढुवा, मोजाइफ खैरो पिप, चक्के आदि । |
| ६ | कोदो | खुम्रे कीरा, फड्के कीरा, लाही कीरा, झुसिल कीरा | सिथ व्लाष्ट, रुट नट, गवारो, ढुसी, जरा कुहिने, डाँठ सुक्ने, मरुवा, थोप्ले रोग, डडुवा रोग |