५.३.२ शौचालयको प्रयोगको अवस्था
एक नजरमा — सरसफाइको अवस्था
सरसफाइको सिँढी (sanitation ladder) के हो? विश्व स्वास्थ्य संगठन/युनिसेफको JMP वर्गीकरणअनुसार शौचालयलाई गुणस्तरका आधारमा सिँढीजसरी हेरिन्छ — सबैभन्दा माथि सुरक्षित–व्यवस्थित (सेप्टिक ट्याङ्क/ढलमा जोडिएको फ्लस), त्यसपछि आधारभूत (खाल्डे चर्पी — मल छुट्याउने तर असुधारिएको), अनि सीमित/साझा, र सबैभन्दा तल खुला दिसा (शौचालयै नभएको) । जति माथिल्लो सिँढी, उति कम मल–मुख (fecal-oral) रोग — किनकि असुरक्षित मलले पानी–खाना दूषित गरी झाडापखाला, टाइफाइड, हैजा फैलाउँछ (हे. झाडापखाला/AGE को OPD भार) ।
विश्लेषण: ४६,०१८ घरपरिवारमध्ये ७८% सुधारिएको शौचालय (सेप्टिक/ढल) प्रयोग गर्छन् — सहरी क्षेत्रको राम्रो उपलब्धि । तर २०% अझै खाल्डे चर्पी मा निर्भर छन् (खास गरी ग्रामीण/थारू वडा — वडा १९ मा झन्डै ५५%), र १.१% (५१८ घरधुरी) सँग शौचालयै छैन — अर्थात् नगर पूर्ण रूपमा खुला–दिसामुक्त (ODF) भइसकेको छैन । खुला दिसा सबैभन्दा बढी वडा १३ मा देखिन्छ । सानो प्रतिशत भए पनि बाँकी शौचालयविहीन घरधुरीलाई अनुदान/निर्माण–सहयोगबाट पूर्ण ODF बनाउनु, र खाल्डे चर्पीलाई सुधारिएको शौचालयमा स्तरोन्नति गर्नु सार्वजनिक स्वास्थ्यको प्राथमिकता हुनुपर्छ ।
कतिपय दुर्गम नगरबस्तीमा अहिले पनि मानिसहरू पानीका स्रोत तथा खुला ठाउँमा दिसा पिसाब गर्ने गर्दछन् । सभ्य समाजको निम्ति यो अभ्यास असभ्यताको प्रतीक हो । खुला क्षेत्रमा गरिने मलमुत्र विर्सजनले मानिसको शरीरमा खाना, पानी र श्वासप्रश्वास मार्फत किटाणुको प्रवेश हुन्छ । त्यसकारण प्रत्येक घरमा शौचालयको निर्माण अनिवार्य आवश्यकता हो । सरकार तथा विभिन्न गैरसरकारी संस्थाहरूले हाल आएर शौचालय निर्माणलाई प्राथमिकता दिएको पाईन्छ । निजी घर तथा सार्वजनिक स्थलहरूमा हातधुने पानी सहित शौचालय हुनुपर्दछ । विपन्न समुदायका परिवारहरूले आफै शौचालय निर्माण गर्न नसकेको अवस्थामा सरकार विशेष गरी स्थानीय सरकारले शौचालय निर्माणमा अनुदान दिनुपर्ने हुन्छ ।
तालिका नं. ८६ – परिवारले प्रयोग गर्ने चर्पीको प्रकारका आधारमा परिवारको विवरण
| वडा नं. | फ्लस भएको (सार्वजनिक ढल) | फ्लस भएको (सेप्टिक ट्याङ्क) | खाल्डे चर्पी | सामुदायिक चर्पी | चर्पी नभएको | जम्मा |
|---|---|---|---|---|---|---|
| १ | १६ | ८९८ | २८२ | ० | ३६ | १२३२ |
| २ | २८ | ६९४ | ४५८ | १ | १ | ११८२ |
| ३ | २१२ | १६२४ | ११९ | २ | ४६ | २००३ |
| ४ | १३९ | १५५३ | ५७३ | ३५ | ३८ | २३३८ |
| ५ | ३५ | ३३७२ | १८५ | २ | १४ | ३६०८ |
| ६ | ८७ | ५१५४ | ८०७ | ५ | २० | ६०७३ |
| ७ | १३५ | २७९५ | ५५३ | १२ | ३१ | ३५२६ |
| ८ | ११९ | १३०८ | ७५१ | १७ | १३ | २२०८ |
| ९ | ५१ | ३४८६ | २२८ | १ | ७ | ३७७३ |
| १० | १७९ | ७२६ | ६८२ | ८ | ५ | १६०० |
| ११ | १८३ | ११८७ | ७२७ | १२ | ४१ | २१५० |
| १२ | १५२ | १९५५ | ५३२ | ८ | २६ | २६७३ |
| १३ | २२ | ६४८ | ७१६ | १ | ९३ | १४८० |
| १४ | ११३ | १००३ | ४७९ | २ | ३० | १६२७ |
| १५ | ७६ | १३०७ | ५१७ | ० | २८ | १९२८ |
| १६ | २३ | १६६८ | २०० | १ | १५ | १९०७ |
| १७ | ४७ | १९६९ | २३३ | ८ | ३५ | २२९२ |
| १८ | ८५ | २०६८ | २०९ | ५ | १७ | २३८४ |
| १९ | ९७ | ७८८ | ११२३ | ४ | २२ | २०३४ |
| जम्मा | १७९९ | ३४२०३ | ९३७४ | १२४ | ५१८ | ४६०१८ |
| प्रतिशत | ३.९१ | ७४.३३ | २०.३७ | ०.२७ | १.१३ | १०० |
चर्पीको प्रकार अनुसार संरचना
घरपरिवारमा चर्पीको प्रकारको हिस्सा
नगरपालिकामा कुल घरपरिवारहरू मध्ये सबैभन्दा धेरै ७४.३३ प्रतिशतले फ्लस भएको (सेप्टि ट्याङ्क), २०.३७ प्रतिशतले खाल्डे चर्पी प्रयोग गरेको देखिन्छ भने ३.९१ प्रतिशतले फ्लस भएको (सार्वजनिक ढल), ०.२७ प्रतिशतले सामुदायिक चर्पी र १.१३ प्रतिशतले भने चर्पीको प्रयोग नगरी खुल्ला स्थानहरुमा दिसा पिसाब गर्ने गरेको देखिन्छ । जसको विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ ।