६.३.१ बासस्थानका आधारमा महत्वपूर्ण जनावर र चराचुरुङ्गीको विवरण
प्रमुख वन्यजन्तुहरूको विवरण
यस उप–महानगरपालिकामा पाइने प्रमुख वन्यजन्तुहरूमा बदेल, खरायो, चितुवा, स्याल, ब्वाँसो, रतुवा, बाँदर, घोरल, बाघ आदि रहेका छन् ।
प्रमुख चराचुरुङ्गीहरूको विवरण
यस उप–महानगरपालिकामा पन्छी प्रजातिमा सुगा, तिथ्रा, वकुला, सारस, कोइली, काग, गिद्ध आदि छन् ।
घिस्रने जीवजन्तुहरू
यस उप–महानगरपालिकामा विशेष गरी घिस्रने जीवजन्तु अन्तर्गत सर्प, पानी सर्प, छेपारो, गोहोरा, भ्यागुता पाइन्छन् ।
कीरा फट्याङ्ग्राहरू
पुतली, फट्याङ्ग्रा, पतेरा, गाइनेकीरा, झ्याउँकीरी, लाही, किथिर्का, जुनकीरी, अरिंगाल, मौरी, माकुराहरु, सुलसुले, अरिगाँठे, कनसुत्ले, आदि पाइन्छन् ।