तुलसीपुर

२.८ गार्हस्थ उत्पादन

गार्हस्थ उत्पादन (जिडिपी) भनेको एक प्रकारको मापदण्ड हो जसले कुनै एक मुलुकको समग्र अर्थतन्त्रलाइर् प्रतिविम्बित गर्दछ । यसले कुनै एक निश्चित अवधिमा मुलुकभित्र वा ठाउँभित्र भएको वस्तु तथा सेवाकाे अन्तिम कारोबार मूल्यको योगफललाई जनाउँछ । सबै निजी तथा सार्वजनिक खपत, सरकारको खर्च, लगानी, मौज्दात सामग्री, निर्माणका क्रममा भएका खर्च, आयात तथा निर्यातमा भएको खर्च तथा आम्दानी सबै पर्दछन् । नेपालमा यसको वार्षिक रुपमा नै गणना गर्ने गरिएको देखिन्छ । ट्रेडिङ्ग इकोनोमिक्सका अनुसार सन् २०२३ मा नेपालको जिडिपी करिब ४० खर्ब हाराहारीमा रहेको छ भने प्रतिव्यक्ति आय एक हजार तीन सय ९९ अमेरिकी डलर रहेको छ ।