२.९ मानव विकास सुचकाङ्क
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को २०२५ को प्रतिवेदन अनुसार नेपालको मानव विकास सुचकाङ्क ०.६२२ रहेको र यसका आधारमा विश्वका १९३ देशहरु मध्ये नेपाल १४५ श्रेणीमा रहेको छ । विश्वका १९३ देशहरु मध्ये गत वर्ष नेपाल १४६ औँ स्थानमा रहेको थियो भने यस वर्ष केही सुधार भएर एक स्थान माथि उक्लिएको हो । सन् १९९० मा नेपालको यो सूचकाङ्क ०.३७८ थियो । सो अवधिमा नेपालीको औषत आयु ७०.४ वर्ष रहेको छ । यसैगरी लुमि्बनी प्रदेशको दोस्रो आवधिक योजना ८०/८१ का अनुसार मानव विकास सुचकाङ्क ०.५६३ छ भने औसत आयु ६९.५ वर्ष रहेको छ । गरिबी सूचकाङ्कको विवरण तलको तालिकामा समावेश गरिएको छ ।
तालिका नं. ३ – मानव विकास र गरिबी सूचकाङ्क विवरण
| प्रदेश | बहु–आयामिक गरिबीको दर (प्रतिशत) | गरिबीको (प्रतिशत) | गरिबीको विषमता (प्रतिशत) | गरिबीको गहनता (प्रतिशत) | गरीबहरूको संख्या | मानव विकास सूचकाङ्क |
|---|---|---|---|---|---|---|
| लुमि्बनी प्रदेश | २९.९ | २५.८ | ६.५ | २.३ | १,०५३,३७९ | ०.४६८ |
मानव विकास तथा गरिबीको अवस्था — लुमि्बनी प्रदेश
०.४६८
मानव विकास सूचकाङ्क