तुलसीपुर

५.५.३ शान्ति तथा सुरक्षाको विवरण

संविधानमा उल्लेख भए अनुरुप राज्यले नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन सक्नुपर्दछ । हरेक राष्ट्रका नागरिकहरूलाई नागरिक सुरक्षा प्रदान गर्नु राज्यको प्रमुख दायित्व हो । नागरिकले आफ्नो राज्यमा सुरक्षित महशुस गर्न पाउनुपर्छ । यसलाई चुस्त र दुरुस्त बनाउन नागरिक समाजको पनि त्यतिकै महत्वपूर्ण भूमिका रहन जान्छ ।

उप–महानगरपालिकामा भएका अपराधिक तथा सामाजिक नियम बाहिरका कार्य चोरी–डकैती लगायतका अन्य कार्यहरू सुरक्षा निकाय मार्फत समाधान हुने गरेको पाइन्छ । यस उप–महानगरपालिकामा वर्षभरिमा कुनै अप्रिय घटना घटेको दर्ता खासै गरिएको देखिदैन् । उप–महानगरपालिकामा सानातिना झै–झगडा, कुटपिट, साँध, सिमानामा विवाद, चोरी डकैती, ठगी, घरेलु हिंसाका घटनाहरू यदाकदा हुने गरेको स्थानीयबासीको भनाई छ । यस उप–महानगरपालिकाभित्र रहेका मुख्य मुख्य सुरक्षा निकायहरुको विवरण तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. ९८ – उप–महानगरपालिकामा रहेका प्रमुख सुरक्षा निकायहरुको विवरण

क्र.सं.सुरक्षा निकायहरूको नाम
इर्लाका प्रहरी कार्यालय, तुलसीपुर
सशस्त्र प्रहरी बल (APF) बेस क्याम्प, तुलसीपुर
नगर प्रहरी (तुलसीपुर उप–महानगरपालिका)
इर्लाका प्रशासन कार्यालय, तुलसीपुर
उच्च अदालत तुलसीपुर (सुरक्षा इकाई)
ट्राफिक प्रहरी पोष्ट (उप–महानगर क्षेत्र भित्र विभिन्न स्थानहरुमा)
स्रोत– नगर कार्यपालिकाको कार्यालय